आफ्नो कारमा अचानक देखापरेको इन्जिन लाईट
तर्फ एकहोरी हेर्दै सोच्दै थिए स्टिभ हुफम्यान। सदा झै एउटा साधारण दिन
थियो, कारको मर्मत खर्चले यस बर्ष आफु लाई आर्थीक भार थपिने भयो
भन्दै चिन्तित देखिएका थिए यी ५४ बर्षीय वेस्टमोरल्यान्ड, टेनासी निबासी
हुफम्यान।
तर, हुफम्यानका लागी त्यो दिन कुनै साधारण दिन थिएन। उनको जीवनकाल कै आश्चर्यजनक र शुखद दिन थियो।
‘अब मलाई त्यस बारेमा कुनै पनि किसिमको
चिन्ता छैन’, गत मंगलवार पावरबल ज्याकपटमा आफु एक बिजेता भएको थाहा पाए
पश्चात नासभिल, टेनेसी स्थित लोटरीले आफ्नो मुख्यालयमा आधिकारीक घोषणा
गरेको दिन पत्रकारहरुको समुहलाई हुफम्यानले हास्दै उक्त कुरा बताएका थिए।
हुफम्यान बिस जना सहकर्मी कर्मचारी समुहका
एक सदस्य हुन। यी कर्मचारीहरु पोर्टल्यान्ड स्थित उत्तर अमेरिका स्टाम्प
समुहमा कार्यारत छन। यस कर्मचारीको समुहले हप्तामा दुई पटक पावरबल लोटरी
खेल्दै आएको थियो। यस पटक भने यस समुह ले ४२०.९ मिलियन अमेरिकि डलरको
ज्याकपट जितेको हो।
टेनेसी लोटरीका अधिकारीका अनुसार
ज्याकपटको बिजेता भएको कर्मचारीहरुको यस समुहले सरकारलाई कर कटाएर नगद
२५४.७ मिलियन अमेरिकि डलर पाउने छ। यसमा प्रती ब्यक्तीको भागमा १२.७ मिलियन
अमेरिकि डलर पर्नेछ । पावरबल ज्याकपटको बिजेता टिकट बिक्री गर्ने स्कटभिल
रोड, लफायते स्थित स्मोक सपले २५ हजार अमेरिकि डलर प्राप्त गरेको छ।
गत शनिबार, २६ नोभेम्बर का दिन खोलिएको यस पावरबल चिट्ठामा १७-१९-२१-३७-४४; पावरबल, १६, बिजयी नम्बर थियो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.